रेशम चौधरीको रिटमा प्रधानन्यायाधीशले गरे सुनुवाई, सर्वाेच्चले दियो यस्तो आदेश
कैलाली १ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेपछि चौधरीले वारेसमार्फत विजेता प्रमाणपत्र पाउनुपर्ने माग गर्दैैै इजलासमा दर्ता गराएको रिटमा मंगलबार सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सक्कल फाइल मगाउने आदेश गरेको हो ।
यसअघि सर्वोच्च अदालत प्रशासनले कर्तव्य ज्यान मुद्दामा फरार व्यक्तिको मुद्दा दर्ता गर्न नमिल्ने भन्दै चौधरीको रिट निवदेन दरपीठ गरेको थियो । प्रशासनमा दर्ता नभएपछि चौधरीले आफ्ना वकिलमार्फत इजलासमा निवेदन दिएका थिए । उक्त निवदेनमा आज सुनुवाई भएको हो ।
उक्त निवेदनमा सुनुवाई गर्दै अदालतले सक्कल फाइल निवेदकबाट पेश गर्न र उक्त फाइल हेरेपछि दर्ता गर्ने वा दर्ता अस्वीकारको निर्णय सदर गर्ने विषयमा निर्णय गर्ने भनेको छ । अब सर्वोच्चले निर्णय नगरेसम्म चौधरीले विजयी भएको प्रमाणपत्र पाउनेछैनन् ।




0 comments
Write Down Your Responses