सहयोगी मनहरूको समाज काठमाण्डौद्वारा सहयोग हस्तान्तरण
मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारी, टिकापुर टोल झापाका २२ बर्षिय युवा शिव कुँवर दुबै किड्नीले काम नगरेपछि उपचारका लागि सहयोग याचना गरेको भिडियो सार्वजनिक भएपछि निजको मृगौला प्रत्यारोपण गर्नका लागि रकम अभाव सहयोगी मनहरूको समाज काठमाण्डौबाट रू एक लाख नब्बे हजार सहयोग हस्तान्तरण गरियो । निज कुँवर पुर्वाञ्जलका क्षेत्रिय स्तरका कुस्ती खेलाडी समेत हुन । उक्त सहयोग रकम संकलन गर्नका लागि सहयोगी मनहरूको समाज इजरायल च्याप्टर र दिव्या श्रेष्ठ लगायत इजरायलमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरूलार्इ धन्यवाद व्यक्त गर्दछौ ।
यसै गरि झापा हल्दीबारी गाउँपालिका बडा नम्बर ५ निवासी महेश नेपालको ७ बर्षिय छोरा एञ्जेल नेपालको रक्त क्यान्सर रोगको उपचार खर्च सहयोग रू एक लाख सात हजार एक सय हस्तान्तरण गरियो । उक्त सहयोग रकम सहयोगी मनहरूको समाजकि आजिवन सदस्य रविना बस्नेतको सक्रियतामा संकलन गरिएको थियो । यसका लागि वहाँ लगायत इजरायलमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरूलाइ पनि धन्यवाद वक्त गर्दछौ ।
अर्घाखाँची जिल्ला मालरानी गाउँपालिका वडा नम्बर १ थाप्रे निवासी भविश्वर पोख्रेलका तीन जना बालबालिकाहरूको पालनपोषण तथा पठनपाठनमा सहयोग पुर्याउनका लागि रू. २५ हजार हस्तान्तरण गरियो । ती बालबालिकाहरूका बुवा भविश्वर पोख्रेलले आत्महत्या गरेका र आमाले दोश्रो विहे गरि उनिहरूलार्इ अनाथ बनाएर छाडेर गएकिले निज बालबालिकाहरूको पालनपोषण र पठनपाठनमा निजका हजुरबुवा यमनारायण पोख्रेललाइ अत्यन्तै कष्टपूर्ण भएको समाजार गुल्मी न्यूजबाट भिडियो प्रसारण भएपछि सहयोगी मनहरूको समाज, इजरायल च्याप्टरद्वारा रकम संकलन गरिएको थियो ।
झापा शिवगञ्ज स्थायी घर भै हाल इटहरीमा भाडामा बसोबास गर्दै आउनु भएकि ४५ बर्षिया हेलावनी ताजपुरिया विरामी भएकि र साधारण उपचार समेत गर्न रकम अभावका कारण असमर्थ रहेकाले सहयोगी मनहरूको समाज काठमाण्डौद्वारा रू. दश हजार उपचार खर्च सहयोग गरियो ।



0 comments
Write Down Your Responses