बाम गठबन्धन तोड्न र निर्वाचन नतिजा लुकाउन भारतीय राजदुतले यस्तो भूमिका खेलेकाे खुलाशा भएपछि
देउवाले शनिवार माओवादी अध्यक्ष दाहाललाई भेटवर्ता क्रममा प्रधानमन्त्री हुन प्रस्ताव राख्नुभएको थियो भने आइतबार बिहान आफ्नो विशेष दूत बनाएर अमरेशकुमार सिंहलाई दाहाल निवास पठाउनुृ भएको थियो । तर, माओवादी अध्यक्ष दाहालले वाम गठबन्धनका पक्षमा प्राप्त जनमतले गठबन्धन तोडेर जानु जनादेश विपरित हुने भन्दै देउवा र सिंहको प्रस्तावलाई अस्वीकार गर्नुभएको छ ।भारतीय राजदूत पुरीले कांग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवासँगको परामर्शमा माओवादी अध्यक्ष दाहाललाई भेटी वाम गठबन्धन तोड्न र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई भेटी निर्वाचन नतिजा रोक्न पटक पटक आग्रह गरिसक्नु भएको छ । पछिल्लो पटक भारतीय राजदूत पुरी सोमबार विहान अध्यक्ष दाहाललाई भेट्न दाहालको नयाँ निवास खुमलटार पुग्नु भएको थियो ।
सोमबार बिहान साढे ८ बजे पुग्नुभएका राजदूत पुरीसँग पनि दाहालले अहिले वाम गठबन्धन तोड्नु जनादेश विपरित हुने वताएको स्रोतको दावी छ । निर्वाचन परिणाम आउँदै गर्दा भारतीय राजदूत पुरीले माओवादी अध्यक्ष दाहालसँग ५ पटक भेटिसक्नु भएको छ । वाम गठबन्धन टुटाउने र पुन भारतीय रुझानको सरकार बनाएर नेपाललाई राजनीतिक झगडाकै केन्द्र बनाउने रोडम्याप भारतीय पक्षको छ । त्यसका लागि सरकार गठनमा केही समय ढिलाई गर्न सकिए सफलता पाउने विश्वास उनीहरुले लिएका छन् ।
प्रतिनिधिसभाको निर्वाचन लगत्तै ‘प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने’ संवैधानिक ब्यवस्था भए पनि राष्ट्रियसभा निर्वाचनको विषय उठाएर सरकार गठनलाई पर धकेल्ने भारतीय राजदूतसँग बनेको योजना मुताविक नै प्रधानमन्त्री देउवाले पहिले राष्ट्रियसभा चुनाव हुनुपर्ने अडान राख्दै आउनुभएको छ भने निर्वाचन आयोगले मतगणना सकेर पनि नतिजा औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत गणना भइरहेका बेला घन्टैपिच्छे नतिजा सार्वजनिक गर्दै आएको निर्वाचन आयोगले मतगणना सकेपछि भने नतिजा प्रकाशन रोकेको छ । निर्वाचन नतिजा केही समय रोकेर सत्ता समीकरण तयारगर्ने भारतीय राजदूत पुरीको समानान्तर तयारी अनुरुप आयोगले औपचारिक नतिजा प्रकाशन रोकेको अनुमान गरिएको छ । विहीवार भारतीय राजदूत पुरीले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग यसै प्रयोजनका लागि भेटवार्ता गर्नुभएको थियो यो समाचार हामीले चक्रपथ डटकमबाट लिएका हौ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तीन चरणमा गर्यो । अर्काे चरणको निर्वाचन गर्न बाँकी हुँदा समेत मतगणना गरी नतिजा सार्वजनिक गर्यो । प्रायः संसारमा कहिँ नभएको चलन अंगालेको आयोग पदाधिकारीहरु अहिले भने राष्ट्रियसभाको चुनावपछि मात्रै प्रतिनिधिसभा निर्वाचन नतिजा सार्वजनिक गर्ने अनौपचारिक प्रतिक्रिया दिइरहेका छन् ।आयोगले मतगणना सकेपछि नतिजा प्रकाशन गर्ने निर्वाचन कार्यक्रममै उल्लेख छ । तर, जनादेश अनुरुपको सरकार गठनमा रोक्ने बाह्य शक्तिको प्रयाससामु आयोग निरिह भएको हो । संविधानले प्रतिनिधिसभा निर्वाचन भएपछि प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने स्पष्ट ब्यवस्था गरेको छ । तर, भारतीय पक्षकै आडमा प्रधानमन्त्री देउवाले नयाँ सरकार गठनसँग साइनो नै नभएको राष्ट्रियसभा चुनावलाई देखाएर सत्ता नछोड्ने वताइरहहनु भएको छ ।
रामेछापखबरबाट साभार गरिएकाे सामाग्री ।




0 comments
Write Down Your Responses